काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले अवैध र अप्राकृतिक रुपमा जन्मिएको अहिलेको सरकार धेरै समय नजाने बताएका हुन् । ‘ढल्छ भनेको त हामीले यो जन्मदैँ जसरी जन्मिएको छ नि, अवैध र अप्राकृतिक ढंगले जन्मिएको हुनाले यो धेरै जादैँन भन्ने शुरुदेखि नै था’ थ्यो हामीलाइ । र, जादैँन पर्नि’, उनले भने ।


ADVERTISEMENT

# # #


यस्तै उनले आफ्नो पार्टीको रुची सरकारमा नभएको पनि जनाएका छन् । नीतिगत रुपमा सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ सही नभएको समेत उनले स्पष्ट पारे ।

सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उनले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रष्ट्याए ।

देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको जनाए । सरकारले संसद अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेश ल्याएका कारण विपक्षी दलहरुले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद आह्वान गरेको उनको भनाई छ ।

त्यस्तै उनले अब विपक्षी दलहरुले संसदमा जनताका एजेन्डा अघि बढाउन र अत्यावश्यक कानुन निर्माणमा जोड दिने जानकारी पनि गराए ।