काठमाडौं–कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी भएपनि प्रमाणपत्र लिनबाट बञ्चित भएका रेशम चौधरी जिल्ला अदालत कैलालीमा हाजिर भएका छन् । उनी जिल्ला अदालत कैलालीमा सोमबार बिहान ११ बजे हाजिर भएका जिल्ला अदालत कैलालीका सूचना अधिकृत दीपेन्द्र साउदले स्रोतलाई जानकारी दिए ।


ADVERTISEMENT


उनले चौधरीमाथि अब थुनछेकको बहस प्रक्रिया अघि बढाइने भन्दै सरकारी वकिल र चौधरीको वकीलको बहसपछि थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्णय हुने जानकारी दिए ।


ADVERTISEMENT

# # #


फागुन २१ गते नवनिर्वाचित सांसदको सपथग्रहण कार्यक्रम रहेको बेला चौधरी अदालतमा हाजिर भएका हुन् ।

टीकापुर हत्याकाण्डमा दोषी उनी प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका थिए । पछि उनलाई सर्वोच्च अदालतले पक्राउ गर्न निर्देशन दिएको थियो ।

सर्वोच्चले चौधरीलाई राज्यबाट पाउने कुनै पनि सुविधा नदिन सरकारलाई आदेश समेत दिएको थियो । सर्वोचचले चौधरी फरार अभियुक्त भएको ठहर पनि गरेको थियो ।

यस्तै सर्वोच्चले वारेशनामा मार्फत जितको प्रमाणपत्र दिन पनि अस्वीकार गरेको थियो । पुस ९ गते न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजासलले रेशमलाई फरार अभियुक्त ठहरगर्दै पक्रन निर्देशन दिएको थियो ।

२०७२ साल असोजमा कैलालीको टीकापुरमा भएको वरिष्ठ प्रहरी अधिकारीसहित ९ जनाको ज्यान गएको थियो ।