काठमाडौं–पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।


ADVERTISEMENT


आगो काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा तत्काल नियन्त्रण भएपछि ठूलो क्षति हुनबाट जोगिएको छ । आगलागीको कारण र क्षतिको विवरण आईनसकेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


आगो निभाउन चारवटा दमकल प्रयोग गरिएको थियो । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।