काठमाडौं–राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ । चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो ।


ADVERTISEMENT


चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन् । पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल सुरु भएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘नेवानिले वाई १२ जहाज उडान गर्ने पाइलटको विज्ञापन गरेको छ । तत्कालका लागि चिनियाँ पाइलट नै ल्याउने गरी जहाज निर्मात कम्पनीसँग छलफल थालिएको छ ।’

पाइलट अभावकै कारण नेवानिले वाई १२ सिरिजका जहाज पर्याप्त मात्रमा उडान गर्न सकेको छैन । वाई १२ जहाज उडानका लागि जहाज उपलब्ध गराउने कम्पनीले आफूहरूसँग अंग्रेजी भाषा बोल्ने तीन चिनियाँ पाइलट रहेको जानकारी दिएपछि छलफल सुरु भएका हो ।–आजको अन्नपुर्ण पोष्टबाट