काठमाडौं–जारी काँग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अविलम्ब महाधिवेशन बोलाउन माग गरेका छन् ।


ADVERTISEMENT


निर्वाचन समिक्षा र नेतृत्वका बारेमा बैठकमा छलफल गर्ने एजेण्डा नभएपनि बरिष्ठ नेता पौडेलले निर्वाचनमा भएको काँग्रेसको हारबारे समिक्षा गर्न महाधिबेसनको माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


संसदीय दलको नेता रक राष्ट्रपति निर्वाचनमा केन्द्रीत केन्द्रीय समिति बैठकमा पौडेलले अविलम्ब महाधिवेशनमा जानुपर्ने विषय उठाएको युवा नेता गगन थापाले बताए ।

बैठकमा संसदीय दलको नेता चयन,राष्ट्रपति निर्वाचन र छायाँ सरकारका विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

जारी बैठकमा हालसम्म एक दर्जन केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको शर्माले बताए । यसैवीच विधान परिमार्जन गर्ने विषयमा बैठकमा आफुले असहमति जाहेर गरेकोे नेता अर्जुननरसिंह केसीले बताएका छन् ।