माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका हरेक सुख दुःखमा हातेमालो गर्दै अघि बढ्ने बताएका छन् । चितवन जिल्ला क्षेत्र नं ३ को सम्पर्क कार्यालयको आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताको हरेक सुख दुःखमा सँगैसँगै भएर विकास निमार्ण ,सुशासन र समृद्धिको लागि अगाडि बढने बताएका हुन् ।


ADVERTISEMENT


‘अहिलको हाम्रा सामु अवसर र चुनौती दुवै छन् यो अवसरलाई सदुपयोग गर्दै मुलुकलाई सम्बृद्धिको बाटोमा लान जरुरी छ त्यसका लागि मेरो साथ जनतासँगै हुनेछ,’ प्रचण्डको भनाई छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्डले चितवन जिल्लामा सानादेखि ठुला विकास निमार्णका काम कसरी हुन्छन् भनेर विश्वले हेरिरहेको भन्दै जनतासँग जोडिएका काम तत्काल गर्न सरकारी कार्यालयका प्रतिनिधिहरुलाई आग्रह समेत गरे । राष्ट्रिय भुमिकाका कारण सधै चितवन बस्न नपाएपनि प्रतिनिधिहरुमार्फत हरेक समय जोडिएर अगाडी बढने प्रतिवद्धता प्रचण्डले व्यक्त गरेका थिए ।