काठमाडौं–नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन परिणाम आएपछि सो पार्टीको यो संसदीय दलको पहिलो बैठक बसेको हो ।


ADVERTISEMENT


बैठकमा संसदीय दलको बिधान पास गर्ने र संसदीय दलको नेता छान्न प्रक्रिया सुरु गर्ने बारे छलफल भइरहेको छ । अहिले संसदीय दलको नेता चयन नभएकोले पार्टी सभापति, सांसद र उमेरले जेष्ठ समेत रहेका शेर बहादुर देउबाले बैठकको सभापतित्व गरेका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसको संसदीय दलमा प्रतिनिधि सभामा निर्वाचित ६३ जना र राष्ट्रिय सभामा निर्वाचित १३ जना गरि कुल ७६ जना सांसद छन् ।

यस अघि एक सदनात्मक व्यवस्था रहेकाले त्यसै अनुसारको बिधान कांग्रेसको थियो । अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभा गरि दुइ सदनात्मक व्यवस्था भएको हुदा राष्ट्रिय सभा संसदीय दलको नया बिधान बनाउन र प्रतिनिधि सभाको विधानमा केहि संसोधन गर्न बैठक बसेको हो ।

यसका साथै संघिय संसद्को दुवै सदनका संसदीय दलको नेता चयन गर्न आजको बैठकले मिति तोकी निर्वाचनको प्रक्रिया थाल्ने छ ।

अहिले सम्म सांसदहरुको सपथ ग्रहण नभएकोले संसदीय दलको निर्वाचनको तयारी आन्तरिक रुपमा मात्र हुने छ । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति सहित महामन्त्री शशांक कोइराला र पुर्व महामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् ।

नेपाली कांग्रेस संघिय संसद्को दुवै सदनमा प्रमुख प्रतिपक्षी दल हो ।