काठमाडौं–मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार विहानै हातमा झाडु समाएर वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीमा देखिए । वीरेन्द्रनगर नगरपालिकाले एक महिनाअघिदेखि सुरु गरेको सरसफाई अभियानमा साथ दिन मुख्यमन्त्री मंगलगढी चोक पुगेका थिए । उनले झाडुको सहायतामा सडकको सफाई मात्रै गरेनन्, बेल्चाले नालीमा थुप्रिएको फोहर पनि निकाले ।


ADVERTISEMENT


‘प्रदेशको राजधानीलाई सफा र स्वच्छ राख्नु हामी सबैको दायित्व र कर्तव्य हो’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारका तर्फबाट सरसफाई अभियानलाई पूर्णरुपमा साथ र सहयोग गछौं ।’ अघिल्लो वर्षसम्म सुर्खेत उद्योग वाणिज्य संघको अगुवाईमा भएको सरसफाई अभियानको नेतृत्व हाल वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ ।


ADVERTISEMENT

# # #


वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले प्रदेश राजधानीलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले हरेक शनिबार सरसफाई अभियान सञ्चालन गर्ने गरिएको बताए । ‘यो अभियानमा प्रदेश सरकार पनि जोडिएको छ’ उनले भने, ‘यसले हामीलाई हौसला प्रदान गरेको छ ।’