काठमाडौँ– नेपाल पत्रकार महासंघको इतिहासमा नयाँ पाटो थपिने भएको छ । महासंघले इतिहासमै पहिलो पटक पहिलो पटक महिला नेतृत्व पाउने भएको छ ।


ADVERTISEMENT


पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको हो । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो । उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो ।


ADVERTISEMENT

# # #


कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् ।

महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।