काठमाडौं–काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने अन्तराष्ट्रिय महानगरपालिका र शहरको संख्या १४ पुगेको छ ।


ADVERTISEMENT


तर यसको विस्तृत अभिलेख काठमाडौं महानगरपालिकासँग छैन । तीमध्ये ४ वटा शहरसँग भएको सम्बन्धको अभिलेख छ भने, १० वटा संस्थासँग भएको सम्बन्ध बारेको कागजात हराइरहेको छ ।


ADVERTISEMENT

# # #


पहिलोपटक यस्तो सम्बन्ध स्थापना गर्ने अमेरिकाको युजेन शहरसँग सम्बन्ध स्थापना भएको तिथिमिति समेत काठमाडौं महानगरपालिकासँग छैन । यसबारे महानगरपालिका अन्तराष्ट्रिय सम्बन्ध सचिवालयसँग समेत कुनै जानकारी छैन । आजको नेपाल समाचारपत्रबाट