काठमाडौं–नेपाल विद्युत प्राधिकरणले ग्राहकबाट महसुल असुल गर्न मात्रै करिब १५ सय कर्मचारी खटाउनुपरेको छ । विद्युत महसुल केन्द्रका मुलुकभर एक सय ६८ वटा आय संकलन केन्द्र छन् । ग्राहकको चाप हेरी एक केन्द्रमा कम्तीमा ४ देखि १५ जनासम्म कर्मचारी खटिने गरेका छन् ।


ADVERTISEMENT


उनीहरुलाई दिने मासिक तलब औसतमा २५ हजार हिसाब गर्ने हो भने पनि प्राधिकरणको मासिक करिब ३ करोड ७५ लाख रुपैयाँ खर्च भइरहेको छ । यसमा बिल तिर्न जाँदा लाइनमा बस्नुपर्ने ग्राहकको खर्च हुने समयको कुनै गणना छैन ।


ADVERTISEMENT

# # #


अनलाइन बिलिङतर्फ ग्राहकले देखाएको सक्रियताले प्राधिकरणको यो रकम चाँडै बचततर्फ जाने संकेत गरेको छ ।

भदौदेखि काठमाडौंमा अनलाइन बिलिङ सिस्टम सुरु गरेको प्राधिकरणले अहिले यसलाई ७५ वटा आय संकलन केन्द्रमा विस्तार गरिसकेको विलिङ महाशाखा प्रमुख सजुनकुमार श्रेष्ठले बताए । यो आर्थिक बर्षभित्र सबै आय संकलन केन्द्रमा अनलाइन बिलिङ प्रणाली जडान गर्ने प्राधिकरणको लक्ष्य छ ।-आजको कान्तिपुर दैनिकबाट