काठमाडौँ– सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमास्कस छाडेर भागेका छन् ।
लामो समयदेखि गृहयुद्ध झेलिरहेको सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति असाद दमास्कस छाडेर भाग्न बाध्य भएका हुन् ।
बीबीसीका अनुसार विद्रोही समूहले देशको उयत्तर,पूर्व र दक्षिण तीन दिशाबाट राजधानी दमास्कस कब्जा गर्न अघि बढेको छ ।
शनिवार राति राजधानीका सडक सुनसान थिए भने राष्ट्रपति असद दमास्कसबाट कहाँ गए भन्ने केही बताइएको छैन ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ ।
बसर अल असद धर्मनिरपेक्ष सत्ताधारी हुन भने विद्रोही इस्लाइमिक जिहादी हुन । सिरिया मात्र नभएर उज्बेकिस्तान देखी तालिवानसम्मका लडाकु जोडिएका समाचार सार्वजनिक भएका छन् ।
विद्रोहीले राजधानी कब्जा गरेको घटनालाई अमेरिका, इजरायल, टर्कीको जित र रुस तथा इरानको हारको रूपमा चित्रित गरिएको छ ।
गत दशक देखी असदलाई हटाउन भएका विद्रोहलाई रुस र इरानले सहयोग गरेर अन्त्य भएका थिए । तर, यो पटक सरकारी सेनाले युद्धै नलडेकोले विद्रोही सफल भएका हुन् ।