काठमाडौं-नेकपा एमालेले प्रदेश ७ को संसदीय दलको नेतामा प्रकाश शाहलाई छनोट गरेको छ । एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले शाहलाई संसदीय दलको नेता छानेको हो ।


ADVERTISEMENT


बाजुराबाट प्रदेशसभा सदस्यमा विजयी शाह एमाले वैकल्पिक केन्द्रीय सदस्यसमेत हुन् । संसदीय दलको नेतामा शाहसँगै दीर्घ सोराडी, पठान सिंह बोहरा र लिलाधर भट्टले आकांक्षा देखाएपछि छनोट पेचिलो बनेको थियो । विवादपछि एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावललाई एमालेले संसदीय दलको नेता छान्ने जिम्मा नै दिएको थियो । करिव दुई दिनको कसरतपछि रावलले यो विवाद सल्ट्याएका हुन् ।


ADVERTISEMENT

# # #


संसदीय दलको विवाद मिले पनि एमालेले प्रदेश मन्त्रीको टुंगो अझै लगाइसकेको छैन । एमाले प्रदेश ७ का नेताहरुले मन्त्री छान्न बैठक बसिरहेको जानकारी दिएका छन् ।

एमालेले मन्त्रीको नाम टुंग्याएमा प्रदेश ७ मा आजै एमालेसहितको मन्त्रिपरिषद् विस्तार हुनेछ । प्रदेश ७ मुख्यमन्त्रीको शपथ अहिले दिउँसो ३ बजे हुँदैछ ।