काठमाडौं-प्रदेशसभा ५ को उपसभामुख पदका लागि एमालेकी सांसद् कृष्णी थारुले उम्मेदवारी दर्ता गराएकी छन् । मनोनयन स्थल रहेको प्रदेशसभा भवनमा १० बजेर नै पुगेकी उनले सुरूमै उम्मेदवारी दर्ता गराएकी हुन् ।


ADVERTISEMENT


भोलि हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरिरहेको बताइए पनि अहिलेसम्म मनोनयन दर्ता भएको छैन ।


ADVERTISEMENT

# # #


कांग्रेस प्रदेश ५ का नेता युवराज गिरीले कसलाई उपसभामुख उम्मेदवार बनाउने भन्नेबारेको छलफल टुंगिएलगत्तै मनोनयन दर्ता हुने जानकारी दिए । संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो ।

माओवादीले सभामुख र एमालेले उपसभामुख लिने भागबण्डाका आधारमा सभामुख यसअघि नै चयन भइसकेका छन् ।

को हुन् कृष्णी ?

उपसभामुखमा उम्मेदवारी मनोनयन गराएकी थारु बर्दियाकी हुन् । कमैया महिलाको अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी उनले यो स्थानमा आइपुग्न निकै संघर्ष गरेकी थिइन् ।

बाल्यकालदेखि नै अरुको घरमा काम गरेकी थारुले विवाहपछि पनि जमिन्दारको घरमा काम गरेकी थिइन् । ०५७ साउन २ गते सरकारले बाधा–श्रमिकमुक्त भएको घोषणा गरेसँगै उनी पनि मुक्त भएकी थिइन् ।

मुक्त भएपछि पनि उनले परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निःशुल्क शिक्षालगायतका माग राख्दै चलेको निरन्तरको आन्दोलनमा अगुवाई गरेकी थिइन् ।