काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी एकता र सरकार गठनबारे छलफल गर्ने भएका छन् । दुई नेताहरुबीच केहीबेरमा ‘वान टु वान’ भेट हुन लागेको माओवादी केन्द्र स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT


एमाले स्रोतका अनुसार ओली र दाहालको आजको भेट एकीकृत पार्टीको नेतृत्वमा केन्द्रीत हुनेछ । माओवादी केन्द्रले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक व्यक्ति प्रस्ताव गरेको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए प्रचण्डले अध्यक्ष पाउनु पर्ने माओवादीको प्रस्ताव छ ।


ADVERTISEMENT

# # #


तर एमाले भने अहिले नै प्रचण्डलाई अध्यक्ष दिन तयार छैन । ओली प्रधानमन्त्री भएर पार्टीमा दुई सहअध्यक्ष बनाई अघि बढ्नु पर्ने एमालेको प्रस्ताव छ । दुई अध्यक्षबीच हुने छलफलमा ठोस निष्कर्ष निस्किए त्यो विषयबारे थप छलफल गर्न मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना छ ।

नेतृत्वको विषयमा दुई पार्टीका फरक प्रस्ताव भएपछि पछिल्लो समय एकता प्रक्रियाको गति सुस्त मात्र थिएन, आशंका पनि जन्माएको थियो । शनिबार चितवनमा माओवादी अध्यक्ष प्रचण्डले आवश्यक परे आफूले नयाँ फड्को मार्न सक्ने बताएपछि एमाले नेताहरुले नै उनको अभिव्यक्तिलाई एकता प्रक्रियासँग जोडेका थिए ।