काठमाडौं-प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एउटा स्कार्पियोको व्यवस्था गरेको छ । केन्द्र सरकारले शपथग्रहण गरेकै दिन ५ माघमा उनलाई गाडी दिएको थियो ।


ADVERTISEMENT


तर, सो गाडी भोलिपल्टै बिग्रेर बीचबाटोमै अलपत्र पर्‍यो । ७ माघमा प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउन प्रदेश प्रमुख सुर्खेत आउने क्रममा विमानस्थल जाँदा बाटोमै गाडी बिग्रिएको थियो ।


ADVERTISEMENT

# # #


उनी ट्याक्सी चढेर विमानस्थल पुगेका थिए । सो गाडी अहिले पनि केन्द्रमै थन्किएको छ ।-आजको नयाँ पत्रिकाबाट