काठमाडौं-सरकारी अभिलेखमै चार थरी जन्ममिति फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली थप विवादमा तानिएका छन् । दुईथरी जन्ममिति विवादमा आएका पराजुलीले थप दुईवटा जन्ममिति पेस गरेको पाइएको छ ।


ADVERTISEMENT


न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी मान्यता दिइसके पनि उनले बिभिन्न निकायमा पेस गरेका फरक फरक चार थरी जन्ममिति फेला परेको छ ।


ADVERTISEMENT

# # #


न्यायपरिषदका बुलेटिनहरुमा पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ । २०७० साल र त्यसअघिको न्यायपरिषद् बुलेटिनमा पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ ।

यसैगरी २०५८ सालमा प्रकाशित न्यायपरिषद बुलेटिनमा तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश पराजुलीको जन्ममिति २०१० बैशाख १३ गते उल्लेख छ । पुनरावेदन अदालतका न्यायाधीशहरुको क्रमसंख्या २९ उल्लेख गरी पृष्ठ १४ मा उनको जन्ममिति र सेवा प्रवेशको मिति उल्लेख छ ।

पराजुलीको तेस्रो जन्ममिति २०१० बैशाख १६ गते हो । २०६७ कात्तिक २५ मा पेस गरेको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पराजुलीले प्रतिलिपि नागरिकता लिए । त्यसमा जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ ।

शैक्षिक प्रमाणपत्रमा आधारित भएर उनले प्रतिलिपि नागरिकता पाऊँ भनि दिएको निवेदनको आधारमा काठमाडौं जिल्ला प्रशासनले अभिलेखकै विवरण सच्याएर प्रतिलिपि नागरिकता जारी गरेको थियो । ‘जिल्ला प्रशासन कार्यालय स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘प्रतिलिपि नागरिकता लिँदा पुरानो अभिलेख फरक पार्न पाइँदैन । उहाँको हकमा फरक परेको देखियो ।’

पराजुलीको चौथो जन्ममिति हो २०११ साल बैशाख १३ गते । नेपाल ल क्याम्पसबाट जारी भएका शैक्षिक प्रमाणपत्रमा प्रधान्याधीश पराजुलीको जन्ममिति उनले दावी गरेअनुसारकै देखिन्छ । तर, प्रवेशिकाको मार्कसिटमा २०११ बैशाख १३ गते उल्लेख छ । उनको प्रवेशिका मार्कसिट सार्वजनिक भए पनि जन्ममिति उल्लेख हुने चारित्रिक प्रमाणपत्र सार्वजनिक भएको छैन । उनले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको मार्कसिट न्यायपरिषदमा परे पनि त्यहाँबाट प्राप्त हुनुपर्ने चारित्रिक प्रमाणपत्र पेस गरेका छैनन् ।