काठमाडौँ– आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको आफ्नो दोस्रो खेलमा ओमानलाई नेपालले १३९ रनको लक्ष्य दिएको छ।
नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो।


ADVERTISEMENT


नामिविया विरुद्धकै जस्तो ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सरद भेसवाकरले सर्वाधिक २२ रन बनाए। दीपेन्द्र सिंह ऐरीले २० तथा दिलिप नाथले १९ रन बनाए। सोमपाल कामीले नटआउट १७ रनको योगदान दिए।


ADVERTISEMENT

# # #


१० रन हुँदा पहिलो विकेट गुमाएको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए। त्यसपछि नेपालको स्कोर ३८ रन हुँदा दिलिप नाथ १९ रनमा आउट भए।

त्यसपछि क्रिजमा आएका आरिफ शेख मात्र ६ रनमा पेभेलियन फर्किएपछि नेपालले ५३ रनमा ३ विकेट गुमायो । त्यसपछि नेपालले अरू ३ रन जोड्दा पारस खड्काको विकेट गुमायो ।

पारसले १७ रन बनाउँदै आउट भए। पारसको स्थानमा क्रिजमा आएका दिपेन्द्रसिह ऐरी पनि २० रनमा पेभेलियन फर्किँदा नेपालले ९२ रनमा ५ विकेट खेर फाल्यो।

लगत्तै नामिवियलाई हराउँदा नायक बनेका बसन्त रेग्मी १ रनमा आउट भएपछि नेपालले ९३ रनमा ६ विकेट गुमायो।

त्यसपछि शरद भेषवाकर २२ रनमा आउट भएपछि नेपालले १११ रनका सातौ विकेट गुमायो। पहिलो पटक राष्ट्रिय टिममा परेका रोहितकुमार पौडेलले ४२ बल खेल्दै १४ रन बनाएर आउट भए पछि नेपाली इनिङ्स धरापमा परेको हो।

नेपाली इनिङ्स ध्वस्त पार्ने क्रममा ओमानी बलर कालेमुल्लाहले ४ विकेट लिए भने बिलाल खानले २ विकेट हात पारे।