काठमाडौँ– काशी हिन्दू विश्व विद्यालय नेपाल सेन्टरको आयोजनामा नेपाल भारत सम्बन्धको नयाँ आयामको खाजिका सम्बन्धनमा चर्चा सुरु भएको छ ।


ADVERTISEMENT


बीएचयुको नेपाल सेन्टरमा आयोजित अन्तक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल र भारतको सम्बन्ध प्रगाढ बनाउन दुबै देशका राष्ट्रिय स्वार्थमा ध्यान पुर्याउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


नेपालको मूल संवेदनशीलता भनेको व्यापार, पारवहन, जलस्रोत र भूपरिवेष्ठित देशको समस्या नै भएकाले भारतले यसको बारेमा बढि ध्यान पुर्याउनुपर्ने नेता महतले बताए । भारतको मूल चासोको रुपमा रहेको सुरक्षाको विषयमा नेपालले विशेष सतर्कता पुर्याउन सके दुबै देशको सम्बन्ध झनै प्रगाढ बन्ने बताउँदै उनले बनारस भनेको नेपालको प्रजातान्त्रिक आन्दोलमा सबैभन्दा बढी योगदान दिएको स्थान भएकाले विपी कोइरालालगायत अग्रजहरुले यसै भूमीबाट क्रन्तिको माहोल बनाएको कुरा उल्लेख गरे ।

कार्यक्रममा नेविसंघका केन्द्रिय अध्यक्ष नैननसिंह महरले भारतले नेपाली जनताको मनोभावनाको कदर गर्न नसकेका कारण नाकाबन्दीजस्ता अर्थहिन कार्य भएको र अव दुबै देशले राजनीतिक, आर्थिक सवालमा जनता जोड्ने काम गरे सम्बन्ध झनै उचाईमा जाने बताए । उनले शिक्षा र प्रविधि साटासाटमा ध्यान दिनसके युवाहरुमा राम्रो असर पर्ने बताए ।

कार्यक्रममा नेपाल सेन्टरको कर्डिनेटर प्रो. वि.भी सिंह, डा. एन.पी. सिंह, नेपाली जनसम्पर्क समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।