राहुल गुप्ता, बारा – ट्रकमार्फत लागु औषध गाँजा ओसारपोसार गर्ने दुई जनालाई बारा प्रहरीले दुई सय १६ किलो गाँजासहित पक्राउ गरेको छ ।


ADVERTISEMENT


सोमबार जिल्लाको रतनपुरीबाट ट्रकमा लोड गरी निजगढतर्फ लैजाँदै गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट रतनपुरीको टोलीले गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर हाँडीखोला–६ का दिपक कोइराला र ट्रकमा सवार अर्का व्यक्रि मकवानपुर हेटौँडा उपमहानगरपालिका–३० बस्ने जीवन घलान रहेका छन्।

बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार निजगढ नगरपालिकाको रतनपुरीबाट निजगढ तर्फ आउँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई लालपार्कमा चेकजाँच गर्ने क्रममा ट्रकभित्र लुकाइएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए।

गत वैशाख ६ गते पनि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका–४ ईनर्वाबाट गोली चलाएर २३० किलो लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको थियो।