सुर्खेत– बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार १ सय ६२ क्रस गरी वाम गठबन्धनका खुलातर्फका कालीबहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा महिलातर्फका युटुल तामाङ, कविता बोगटी र नन्दा शर्मा ९चपाई० विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, दलिततर्फ नरपति लुहारले तीन हजार ६ सय ६६ र अपाङ्ग÷अल्पसंङ्ख्यकतर्फ जीवनबहादुर बुढाले तीन हजार ७ सय २० मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।