ओखलढुङगा– ओखलढुंगामा हत्या गरि गाडिएको अवस्थामा एक व्यक्तिको शव निकालेर प्रहरीले अभियुक्त विरुद्ध मुद्दा दर्ता गरेको छ । फरेन्सि मेडिसिन विभागका विशेषज्ञशहितको टोलीले हत्या गरि गाडिएको शव उत्खनन् गरेर डिएनए परिक्षण पश्चात अभियुक्त बिरुद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


ADVERTISEMENT


२०७१ साल बैशाख १० गते विवाहमा विवाद हुँदा कुटपीटपछि मृत्यु भएका चिसंखुगढी गाउँपालिका ८ माम्खाका सुरधन राईको शव गाडीएको स्थानबाट तीन वर्षपछि उत्खनन् गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीको बताए ।


ADVERTISEMENT

# # #


फरेन्सि मेडिसिन विभागका डाक्टरहरु रिजन श्रेष्ठ, मणी महर्जन, कष्चेव श्रेष्ठ र प्रहरी नायव उपरिक्षक अर्जुन तिमिल्सिनासहितको टोलीले ०७४ कात्तिक १६ गते डिएनए परिक्षणका लागी शव उत्खनन् गरेको थियो । उत्खन्न गरि फेला पारेको अस्तुपञ्जर ९हाडहड्डी० को डिएनए परिक्षण गर्दा मृतककै भएको प्रमाणित भएको थियो ।

जिल्ला सरकारी वकील कार्यालयले शव उत्खनन् गरेर अनुसन्धान गर्न निर्देशन दिएपछि विशेषज्ञसहितको टोलीले उत्खनन् गरी ०७४ मंसिर ८ गते अभियुक्तमध्येका एक गौधन राईलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने एक जना आरोपित फरार छन् ।
विवाहमा गुन्द्रीको विषयलाई लिएर विवाद हुँदा माम्खा ८ का गौधन राई र जीजबहादुर राईले कुटपीट गरेका थिए । कुटपीटबाट घाइते राईको एक दिनपछि ०७१ बैशाख ११ गते ज्यान गएको थियो । घटनापछि छिमेकीले परिवारकै सहमतिमा दाहसंस्कार गरेका थिए । पछि छिमेकीहरुले हुलाकबाट पठाएको उजुरी प्रहरीले दर्ता गरेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग र प्रहरी प्रधान कार्यालयले समेत उजुरी दर्ता गर्न दवाव दिएपछि प्रहरीले ०७३ जेठ १० गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । व्यक्ति हत्याको कर्तव्यज्यान मुद्दामा शव नै उत्खनन् गरेर मुद्दा चलाएको यो प्रदेश नं. १ कै पहिलो घटना भएको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बालिका बत्लाकार गरेको आरोपमा मोलुङ गाउँपालिका वडा नं. २ का ४० वर्षीय सवबहादुर विक बिरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता गरेको छ । १४ वर्षीया बालिकालाई फकाएर विवाह गरिदिने भन्दै घर लगि बलात्कार गरेको अभियोगमा आरोपितलाई माघ २१ गते गिरफ्तार गरेर मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक टिकाबहादुर कार्कीले जानकारी दिए ।

पीडितले असोज २० गते आफुलाई आरोपितले फकाएर विवाह गरि दिन्छु भनी बलात्कार गरेको प्रहरीले बताएकी छिन् । घटना पुरानो भए पनि उजुरी आउनासाथ आरोपित गिरफ्तार गरेर मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परिक्षण जिल्ला अस्पताल रुम्जाटारमा परिक्षण गरिएको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।