काठमाडौँ – इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले राज्यले अबिलम्व विदेशी मुद्रा सटहीको सिफारिस नगरे इन्टरनेट सेवा प्रवाह प्रभावित हुन सक्ने जनाएको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले भारतबाट आयात गरेको ब्यान्डविथको पैसा नौ महिनासम्म तिर्न नपाउदा इन्टरनेट सेवा अवरुद्ध हुने भनि यसै साता पत्र आएको भन्दै अबिलम्व विदेशी मुद्रा सटहीको सिफारिस नगरे सेवा प्रवाह प्रभावित हुन सक्ने जनाएको हो । रोयल्टी र आरटिडीएफ नबुझाएको भन्दै सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई विदेशी मुद्रा सटहीको सिफारिस नगरेको आइस्पानको भनाइ छ ।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधीर पराजुलीले सरकारले बुझाउनुपर्ने भन्दै आएको रोयल्टी र आरटिडीएफ बुझाउनु नपर्ने बताए । उनले संसद र न्यायपालीका समेतले मर्मत सम्भार गैर दुरसञ्चार भएकाले रोयल्टी र आरटिडीएफ नलाग्ने भन्दा समेत विदेशी मुद्राको सिफारिस रोक्ने र अनुमति पत्र नविकरण नगर्ने काम भएको उल्लेख गरे ।

दूरसञ्चार ऐन, नियमावली समेत मर्मत सम्भारमा रोयल्टी र आरटिडीएफ लाग्ने व्यवस्था नभएको परिपेक्षमा रोयल्टी र आरटिडीएफका नाममा शुल्क बुझाउन दिएको निर्देशन असंवैधानिक र कानूनसम्मत नरहेको आइस्पानले जनाएको छ ।