काठमाडौँ – केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा बिहीबार भएको खेलमा एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो । एपीएफले पहिलो र दोस्रो सेट समान २५–२३ र २५–२३ ले जितेको थियो । त्यसपछिको दुवै सेट भने एपीएफले १३–२५ र १४–२५ ले आर्मीलाई सुम्पन पुग्यो ।


ADVERTISEMENT

# # #


तर पाँचौ सेटमा एपीएफले १५–९ को सहज जित निकाल्यो । त्यस्तै बिहीबार नै भएको अर्को खेलमा पुलिसले न्यु डायमण्ड महिला टीमलाई पराजित गर्यो । डायमण्ड पुलिससंग १–३ को सेटमा पराजित भएको हो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहेको छ । राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।