सुर्खेत – कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री कँडेलले शुक्रबार विश्वासको मत हासिल गरेका हुन् ।


ADVERTISEMENT


कूल ४० सिट रहेको कर्णालीमा बहुमतका लागि २१ मत आवश्यक पर्छ । शुक्रबार भएको मतदानमा कूल ३५ सदस्य सहभागी रहेकोमा मुख्यमन्त्री कँडेलको पक्षमा २३ जना सांसदले मतदान गरे । यस्तै उनको १२ विपक्षमा जनाले मत दिए । यस्तै १ जना सांसद तटस्थ रहे ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री कँडेलले प्राप्त गरेको मत प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहमुत रहेको भन्दै सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेको घोषणा गरेकी हुन् ।

मुख्यमन्त्री कँडेललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले मत दिएका हुन् । नेपाली काँग्रेसका सांसदले भने उनको विपक्षमा मतदान गरेका छन् ।

कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।