काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरुको व्यवहारका कारण आफु राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफुलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रुपमा निषेध गर्न खोजिएको तर्क गरे ।

जस्तोसुकै परिस्थिती आएपनि आफु एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढेपनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा ढकेलिएको महशुस भएको उनले बताए । रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउनेजिकिर गरे ।

रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउदै गर्दा कम्युनिष्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाए । आफुले गरेको गल्तीको दोष अरुलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले जनाए ।