काठमाडौँ – चैत शूक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ ।


ADVERTISEMENT


मेलाका अवसरमा बाइसधारामा स्नान गर्ने भक्तजनको घुँइचो लागेको थियो । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ ।


ADVERTISEMENT

# # #


यस दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।