काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरुको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन् ।


ADVERTISEMENT


नेकपाको ७६ औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरबाट देश कंगाल भइसकेको बताए ।


ADVERTISEMENT

# # #


सत्तामा गएकाहरु साम्राज्यवादीको एजेण्डा बोकेर देशलाई लुटेको अरोप लगाउंदै संसदमा साम्राज्यवादी पसेको उनले बताए । उनले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै अमेरिकाले संसदमा पार्टी खोलिसकेको दाबी गरे ।

आधारभूत रुपमा कम्युनिष्टको सिद्वान्त र आचारणमा रहेकाहरुसंग एकताका लागि सधै एकताको ढोका खुल्ला रहेको अध्यक्ष केसीको भनाइ छ ।