काठमाडौँ – नेपाल हक्की संघको आयोजनामा छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि आयोजना हुने भएको छ ।


ADVERTISEMENT


प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने हक्की संघले जनाएको छ ।