राहुल गुप्ता, वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल न. १३ गण पर्साको मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल सम्मानित भएका छन् ।


ADVERTISEMENT


एक महिनामा १ करोड ५८ लाख राजस्व संकलन गरेको भन्दै डीएसपी रिजालको कार्यको उच्च मूल्यांकन गर्दै १३ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले शुक्रबार प्रशन्सा पत्र प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वार्टर पर्साको ‘१७ औँ स्थापना दिवस–२०८१’ को अवसरमा आयोजित वार्षिक उत्सव कार्यक्रमा सो प्रशंसा पत्र प्रदान गर्दै एसपी कर्मचार्यले आउने दिनमा पनि कसैको दबाबमा न परी उत्कृष्ट कार्य गर्न शुभकामना दिएका छन् । राम्रो कार्य सम्पादन गरी प्रशंशा पत्र पाएकोमा उनले डीएसपी बधाई समेत दिए ।

त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका गुल्मपति रहेको अवधिमा राजस्व संकलन वृद्धि कार्य गरेकोमा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहलाई समेत एसपी कर्मचार्यले कार्यको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्र प्रदान गरेका छन् ।