धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री सोडारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।


ADVERTISEMENT

# # #


शपथ ग्रहण समारोहमा पूर्व मुख्यमन्त्री द्वय त्रिलोचन भट्ट, राजेन्द्रसिंह रावल, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेशसभा सदस्य, सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सोडारी यसअघि प्रदेशको सामाजिक विकास मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए ।