काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ हो ।
उनलाई कैद भुक्तानका लागि पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।
झन्डै १७ वर्षअघि ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि पक्राउ पर्न नसकेका लामा यहीबीचमा एन्फा उपाध्यक्ष बनेका थिए ।
प्रहरीको टोलीले २०६१ साउन ८ गते लामालाई ५ ग्राम ब्राउन सुगरसहित बालाजुबाट पक्राउ गरेको थियो । त्यसको एक महिनापछि जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो। फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए।