काठमाडौँ– खानेपानीको चरम अभाव भएको भन्दै खानेपानी व्यवस्थापन संघर्ष समितिले काठमाडौंको जडिबुटी क्षेत्रमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


खहरे–जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव भएकाले तत्काल खानेपानीको पाइप लाइन बिच्छाइ खानेपानीको व्यवस्था गर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


खानेपानीको पाइप राख्ने आश्वास लामो समयदेखि पाएपछि अझैसम्म पाइप समेत बिच्छाउने काम नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले आगामी वैशाख १५ गतेभित्र पाइप बिच्छाएर खानेपानी उपलब्ध गराउन माग गरेका छन् । संविधानमा स्वच्छ खानेपानीको अधिकार रहेपनि त्यसलाई सरकारले वेवास्ता गर्दै आफुहरुलाई खानेपानीबाट वञ्चित गराएको उनीहरुको गुनासो छ ।

हेर्नुहोस् प्रदर्शनका केही तस्बिरहरु