काठमाडौँ– हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले ‘स्वास्थ्य सबैको सरोकार’ विषयक संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


आम जनमानस प्रतिको सामाजिक उत्तरदायित्व बोधगर्दै अस्पतालले वार्षिकोत्सवको अवसरमा वृहत् सामाजिक हितको लागि “स्वास्थ्य सवैको सरोकार”भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


चैत्र ३० गते होटल अकास्थित बिहान १०ः३० बजेदेखि शुरु हुने सो कार्यक्रमलाई “संवाद श्रृङ्खला–१” नाम दिइएको छ । तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा वृहत् छलफल गरी समाधानका लागि निष्कर्ष सहित सुझाव निकाल्ने उद्देश्य सहित सम्वन्धित क्षेत्रका विज्ञ,सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ ।

कार्यक्रमको पहिलो सत्रमा भेप÷ई–सिगरेट :बढ्दो गम्भीर स्वास्थ्य चुनौती, दोस्रो सत्रमा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु र तेस्रो सत्रमा पहिलो २ सत्रको सारांश तथा माननीय उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्तव्य प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझाव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने अस्पताललेजनाएको छ ।