राहुल गुप्ता, वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले ८ लाख ४० हजार बराबरको काजु, कपडा र जुत्ता बरामद गरेको छ ।


ADVERTISEMENT


गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजालको कमान्डमा खटिएका गस्ती टोलीले गएराती १ बजेकोमा वीरगञ्ज–७ रेल्वे रोड दुर्गा सिनेमा हल अगाडिबाट गाडीमा लोड गरिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा बिलबिजक नरहेको भन्दै बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


बरामद सामान भारतबाट तस्करी गरी भन्सार छलेर नेपाल भित्र्याएको आशंका प्रहरीको छ । बरामद गरिएका समानहरुलाई आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाईएको डिएसपी रिजालले जनाए ।