काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले सोमबार प्रदेशसभाको विश्वास जित्न सफल भएका हुन् ।


ADVERTISEMENT


कूल ११० सदस्य रहेको बागमती प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ५६ मत चाहिन्छ । आजको बैठकमा कूल १०८ जना सदस्य उपस्थित थिए । जसमध्ये मुख्यमन्त्री जमकट्टेलको पक्षमा ५६ सदस्यले मत दिए । यस्तै उनको विपक्षमा ३७ मत पर्यो भने १५ सदस्य तटस्थ बसे ।


ADVERTISEMENT

# # #


उक्त मत प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत पुगेको भन्दै सभामुख भुवन कुमार पाठकले मुख्यमन्त्री जमकट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । उनको पक्षमा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले मत दिएका छन् भने विपक्षमा मतदान गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर पार्टी (नेमकिपा) तटस्थ बसेका हुन् ।

मुख्यमन्त्री जमकट्टेल डेढ वर्षको अवधिमा तेस्रो पटक पाए विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ गते र २०७९ चैत १० मा दोस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए।

केन्द्रमा भएको राजनीतिक परिवर्तनसँगै काँग्रेसले मुख्यमन्त्री जमकट्टेललाई दिएको समर्थन फिर्ता लिएसँगै उनले विश्वासको मत लिनुपरेको हो ।