काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरु सत्ताको खेलमा नलाग्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै लिङ्देनले वर्तमान गठबन्धन टिकाउन र गठबन्धन भत्काउन आफुहरुलाई दुबै पक्षबाट आग्रह आएको भएपनि आफुहरु सत्ताको खेलमा नलाग्ने बताएका हुन् । राप्रपा अध्यक्ष लिङ्देनले केही स्थानीय तह र केही प्रदेश सभाको सभामुखमा बाहेक सत्ताका लागि कतै र कुनै खेलमा नलागेको बताए ।


ADVERTISEMENT

# # #


मुलुकको वर्तमान अवस्था व्यवस्थाका कारण भएकाले व्यवस्था परिवर्तन नगरी मुलुकको समस्या समाधान नहुने भएकाले अहिले जनजागरण अभियानमा जुटेको उनले बताए ।

अध्यक्ष लिङ्देनले अमेरिकाका राजदुतले धर्म प्रति अनास्था फैलाउन कुनै पनि देशमा सहयोग नगरेको स्पष्ट पारेको जानकारी दिए । उनले भारतीय जनता पार्टीले नेपालमा हिन्दु राज्यका लागि अनुदान दिएको उल्लेख भएको रिपोर्ट अमेरिकाले सच्याएको भन्दै बाहिर हल्ला भए जस्तो नभएको बताए ।