काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको नभई सहअस्तीत्व र सहकार्यको राजनीति गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार झापाको बिर्तामोडमा नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले सहअस्तित्व र सहकार्यको राजनीति गर्नका लागि कांग्रेसलाई सिकाउनुपर्ने समेत बताए । कांग्रेसले सदैव अस्वस्थ र दमनकारी ढंगले प्रतिष्पर्धा गर्ने गरेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


ओलीले देशको बिकास, सुशासन लगायत समृद्ध नेपाल सुखी नेपालीको मार्गलाई साकार पार्ने अभिभारा एमालेको रहेको धारणा राखे । अध्यक्ष ओलीले मिसन ८४ मा एमालेले एकल बहुमत बनाउने दाबी गरे ।

उनले झापा देशकै विशेष जिल्ला भएको भन्दै यस क्षेत्रले राजनीतिक उचाई कायम राख्नुपर्नेमा जोड दिए ।