काठमाडौँ – राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । उपाध्यक्ष अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।


ADVERTISEMENT


सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएसँगै नारायण प्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए । राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को दललाई दिनुपर्ने भएपछि उपाध्यक्ष अर्यालले पदबाट राजीनामा दिएकी हुन् ।


ADVERTISEMENT

# # #


उपाध्यक्ष अर्याल नेकपा माओवादी केन्द्रबाट २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन् ।