काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ।


ADVERTISEMENT


प्रारभिक उम्मेदवारले छलफलपश्चात लिम्बुलाई समर्थन गरेसँगै उपनिर्वाचनमा पार्टीकोतर्फबाट लिम्बुलाई उम्मेदवार बनाउने निर्णय भएको रास्वपाले जनाएको छ। रास्वपाले आफ्नो उम्मेदवारलाई जिताउन समेत आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


इलाम–२ बाट एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि रिक्त पदका लागि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । जसका लागि एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।