काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंग्याएको छ ।


ADVERTISEMENT


पार्टीले इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको हो ।


ADVERTISEMENT

# # #


एकीकृत समाजवादीले इलामको प्रतिनिधि सभामा जीतबहादुर राईलाई र बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

राई इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन्। उनी २०७४ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी नेकपा (एमाले) का कुशबहादुर थेवेसँग पराजित भएका थिए।

यस्तै सिंह भने एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन्।