काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई एमालेका सांसद रघुजी पन्तले व्यवसायी दुर्गा प्रसाईँका बडीगार्डसँग भेटिएको हतियारको विषयमा प्रश्न उठाएका छन् ।


ADVERTISEMENT


समग्र उपत्यकाको सुरक्षाको अवस्थाबारे प्रश्न गर्दै पन्तले भने, ‘अदालतमा दुर्गा प्रसाईँलाई गार्डसँग भएको हतियार भेटियो । त्यो पनि आधुनिक । आत्म सुरक्षाको लागि त्यो स्तरको हतियार राख्न दिनु कतिको उपयुक्त हो ?’


ADVERTISEMENT

# # #


भर्खरै रुस तथा अमेरिकाको विभिन्न शहरमा घटेको घटनाबारे स्मरण गराउँदै उनले लाइसेन्स नै दिएपनि गलत मान्छेले घटाउन सक्ने दुर्घटनाको जिम्मेवार सरकार नै रहने प्रष्ट पारे ।

‘त्यसैले योनीतिको समीक्षा गर्नुपर्ने सरकारले आवश्यक ठानेको छ कि छैन ?’, उनले भने ‘खासगरी दुर्गा प्रसाईँको हतियार कसरी दिइयो ? त्यस्तो हतियार राख्ने अनुमति कानुनी आधार छ भने त्यसलाई पनि फेर्नुपर्‍यो ।’

देशको सुरक्षा अवस्था बलियो बनाउन त्यस्ता हतियारको अनुमति कतिजनालाई दिइएको छ ? त्यसको संख्या र पब्लिक पर्सनल रेकर्ड राखे नराखेकोबारे प्रश्न गर्दै पन्तले उनीहरुबाट हतियार फिर्ता लिनेबारे सरकारले आवश्यक ठानेको छ कि छैन ? भन्ने प्रश्न गरे ।

यी विषय जनताको सुरक्षासंग जोडिएको गम्भीर समस्या रहेको जनाउँदै उनले भने, ‘दुर्गा प्रसाईँलाई जुन प्रकारको हतियार दिइयो त्यो हतियारको प्रकार हेर्दा हतियार दिने, लाइसेन्स दिने नीतिहरुमाथि पुर्नविचार गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने स्पष्ट देखियो ।’

कुनै नागरिकले आफ्नो सुरक्षाका लागि हतियार नै राख्नुपर्ने अवस्था अन्त्य गर्न तथा राज्यको सुरक्षा संयन्त्रमाथि प्रश्न गर्दै उनले यस विषयमा गृहमन्त्री लामिछानेबाट जवाफ समेत मागे ।