काठमाडौँ– कैलालीका धनगढी महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सकुशल भेटिएकी छन् ।


ADVERTISEMENT


सोमबारदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहिन भएकी जेठी छोरी भेटिएको मेयर हमालल जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्य अवस्था कमजोर रहेको आरती हाल आफ्नी कान्छी बहिनी आर्जु र ज्वाईसंगै रहेको उनले जनाएका छन् । यसका साथै उनले खोजीमा सहयोग गर्ने सबैप्रति कृतज्ञतासमेत व्यक्त गरेका छन् ।

हमालले मंगलबार एक पोष्ट सार्वजनिकमार्फत ओशो ध्यानका लागि गोवामा बस्दै आएकी छोरी हराएको भन्दै खोजीका लागि आग्रह गरेका थिए । करिब १९ घन्टाको अन्तराल पछि उनले छोरी सकुशल भेटिएको जानकारी दिएका हुन् ।