काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाले इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको व्यक्तिको नाममा बारेमा छलफल हुन बाँकी रहेको बताए ।


ADVERTISEMENT

# # #


यस्तै, प्रदेश सरकारको विषयमा छलफल भए पनि सत्तागठबन्धनमा आबद्ध दलहरुका बीचमा आवश्यक परामर्शपछि निर्णय हुने उनले सुनाए ।

पदाधिकारी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा जानकारी गराएका थिए ।