काठमाडौँ– प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।


ADVERTISEMENT


बुधवार बसेको बैठकमा समसामयिक विषयमा छलफल गर्न गृहमन्त्री लामिछाने त्यहाँ पुगेका हुन् । उनले त्यहाँ सदस्यहरूले उठाएको प्रश्नको जवाफ समेत दिनेछन् ।


ADVERTISEMENT

# # #


कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र मातहतका विषयमा पनि कुराकानी हुँदैछ ।