काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्न एक्लै सोल्टी होटल पुगेका छन्। दाहालको सचिवालयका अनुसार उनीहरुबीच साढे ९ बजे भेटघाटको समय तय भएको छ ।


ADVERTISEMENT


दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज सोल्टी होटलमै बसेकी छन् ।


ADVERTISEMENT

# # #


हिजो सोही होटलमा स्वराजले एमाले नेताहरूसँग सामुहिक रात्रीभोज गरेकी थिइन् । रात्रीभोजपछि मधेसवादी दलका नेतालाई सामुहिक रूपमा भेटेकी थिइन् । स्वराजलाई भेट्न प्रचण्ड भने माओवादीका अन्य नेताहरुलाई नलिई एक्लै सोल्टी होटल पुगेका हुन् ।

एमाले नेताहरुसँगको सामुहिक भेट र छलफलअघि अध्यक्ष ओलीले पनि स्वराजसँग वान टु वान वार्ता गरेका थिए ।

स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दैछन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।