काठमाडौं-नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोलको मूल्यमा १ रुपैँया र डिजेल तथा मट्टितेलको मूल्यमा २ रुपैँयाले वृद्धि गरेको हो ।


ADVERTISEMENT


निगमले हवाइ इन्धनको मुल्य पनि बढाएको छ । निगमले आन्तरिक तर्फ प्रति लिटर पाँच रुपैँयाले मुल्य वृद्धि गरेको हो । त्यस्तै अन्तराष्ट्रिय तर्फ हवाइ इन्धनमा प्रति किलोलिटर सय डलरले वृद्धि गरेको हो ।


ADVERTISEMENT

# # #


अब पेट्रोल प्रति लिटर १०४, डिजेल र मट्टितेलको ८२ रुपैँया पर्नेछ । हवाइ इन्धन आन्तरिक तर्फ आयोगले ९५ रुपैँया लिदैँ आएकोमा अब १ सय पर्नेछ । वृद्धिसँगै हवाइ इन्धनको मुल्य प्रति किलोलिटर १ हजार डलर पुगेको छ ।