काठमाडौँ– आज संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयनका निम्ति निर्वाचन हुँदैछ ।


ADVERTISEMENT


तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल पूरा भई राष्ट्रिय सभाबाट अवकाश पाएपछि नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो ।


ADVERTISEMENT

# # #


अध्यक्षको उम्मेदुवारका रुपमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमध्ये दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । यस्तै, नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुंगना र समर्थकमा किरणबाबु श्रेष्ठ रहेका छन् ।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् ।

राष्ट्रिय सभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन्, भने विपक्षी गठबन्धनमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।