नवलपरासी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् ।


ADVERTISEMENT


नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा सोमबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


“केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भने ।

गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।