सहबान अन्सारी, नवलपरासी– ईस्लाम धर्मवलम्बीहरुको पवित्र महिना रमजान मंगलवार देखी शुरु भएको छ। एक महिनासम्म चल्ने रमजान चैत २९ गते अन्त्य हुन्छ ।


ADVERTISEMENT


सो दौरान मुसलमानहरुले सूर्य उदाउनु भन्दा करिब अढाई घण्टा पहिला सेहरीकोरुपमा खाने कुरा खाई दिनभर केही नखाई उपवास बसी सूर्य अस्ताएपछि ईफ्तारकोरुपमा खानेकुरा फलफुल, मिठाईबाट आवतरित रोजा खोल्नु पर्छ। ईस्लामिक पात्रो अनुसार यो १४४५ औं रमजान महिना हो।


ADVERTISEMENT

# # #


यो महिनामा कुनै पनि एउटा राम्रो काम गर्दा सत्तरी वटा राम्रो काम गरे बराबरको सवाब पाइने भएको हुँदा यसलाई बरकतको महिनासमेत मानिने चलन रहेको छ । रमजान महिनामा मुसलमानहरुले पाँच महत्वपूर्ण कार्य रोजा, नमाज,जकात,फितरा र हज गर्नु पर्ने तथा तिर्नुपर्ने परम्परा समेत रहेको छ ।

ईस्लामको महान धार्मिक ग्रन्थ कुरान आकाशबाट आवतरित भएको महिना भएको विश्वासका साथ यो महिना त्याग र समर्पणको साथै पवित्र महिना मानिन्छ । रमजान महिना समाप्त भै सौआलको महिना सुरु हुन्छ र यो महिनाको पहिलो दिन मुसलमानहरु ईदगाहमा गएर सामुहिक रुपमा ईदको नमाज पढेर एक आपसमा अंकमाल मारेर ईदको शुभकामनामार्फत आपसी भाइचाराको संदेश दिने गर्छन् ।

ईद पर्व ईस्लाम धर्मावलम्बीहरुको महान पर्व मानिन्छ। नेपालमा करिब १४ लाख मुसलमानहरु बसोबास गर्दै आएको आँकलन छ ।